काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको छ । पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हिरासतमा राख्नका लागि म्याद थप गर्न माग गर्दे प्रहरीले जिल्ला अदालत, काठमाडौँमा निवेदन दिएको छ।
प्रहरीले दिएको म्याद थप सम्बन्धी निवेदन जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा बहस भइरहेको छ ।
ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै जवाफी बहस गरिरहेका छन् ।
जेजनी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठिन आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर हिजो (शनिबार) बिहान ओली–लेखकलाई पक्राउ गरिएको थियो ।












