२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान



अ+ अ-

काठमाडाैँ । बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न सफल भएका छन् । बक्सिङ खेल क्षेत्रमा ‘हिमालय चितुवा’बाट विश्वपरिचित उनी ‘के वान क्रस ’ को उपाधि दुई पटक चुमेर नयाँ विश्व कीर्तिमान कायम गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

जापानको टोकियो सहरमा शनिबार भएको सो प्रतियोगितामा हिमालय चितुवाले जापानका प्रतिस्पर्धी रिकुलाई नकआउटमा पराजित गर्दै पुनःदोस्रोपटक ‘टाइटल बेल्ट’को उपाधि रक्षा गरेकाे हुन् । ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’लाई बक्सिङ खेल क्षेत्रको सर्वाेच्च प्रतियोगिता मानिन्छ ।

हिमालय चितुवाका पिता एवं बक्सर देव घिमिरेले दिनुभएको जानकारीअनुसार अविरलले उक्त प्रतियोगिताको तेस्रो राउण्डको दोस्रो मिनेटमा जापानी खेलाडी रिकुले नकआउट गर्न सफल भएका थिए । टोकियो नागोयास्थित विश्व प्रसिद्ध एवं प्रतिष्ठित ‘हिट किक बक्सिङ क्लब’मार्फत हिमालय चितुवाले खेल्दै आएका छन् ।

हालसम्म उनीले तीनपटक हिट किकबक्सिङ तीनपटक टाइटल डिफेन्स गर्दै चार पटक हिट किक बक्सिङ टाइटल म्याच, अन्तरराष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का) टाइटल र केवान क्रस १७५ टाइटल जित हासिल गरिसकेका छन् ।

साथै हालसम्म २५ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिँदै १९ मा जित निकाल्ने क्रममा १८ वटामा नकआउट गरी जित आफ्नो पक्षमा ल्याउने उनी पहिलो नेपाली बक्सर हुन् । साथै हालसम्म यस्ता उपाधि हासिल गर्ने उनीले पहिलो नेपाली बक्सर भएर नयाँ इतिहास कायम गरेका छन् ।




भर्खरै