२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशसभा बैठकः वातावरण समितिको प्रतिवेदन प्रस्तुत



अ+ अ-

काठमाडाैँ । कोशी प्रदेशसभाको आजको बैठकमा ‘ उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक वर्ष २०८१/८२ वार्षिक प्रतिवेदन पेस भएको छ ।

प्रतिवेदन समितिका सभापति रामदेव यादवले पेस गर्नु भएको हो । सभाको शून्य र विशेष समयमा कोशी प्रदेश सभा सदस्यहरुले उठाउनु भएका जिज्ञासामा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जेन्जी पुस्ताको आन्दोलनबाट प्रदेश सरकार मातहतमा रहेका संरचनामा कुल रु ७६ करोड ९५ लाखको क्षति भएको जानकारी दिए।

उनले गएको असोज १८ गतेको बाढी र पहिरोबाट इलाम र ताप्लेजुङमा भएको क्षतिको पुनर्निर्माणका निम्ति स्थापना भएको पुनःनिर्माण कोषमा रु १५ करोड दाखिला भएको बताए। कोषमा मौज्दात रकमबाट इलाम र ताप्लेजुङमा यसवर्ष मनसुनजन्य विपत्ति रोक्ने पूर्वाधारमा लगानी गरिने जानकारी उनले दिए। प्रदेशसभाको अर्को बैठक यही चैत १७ गते अपराह्न १ः०० बजे हुनेछ ।