२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह सुधार र परिणाममुखी कार्यसम्पादनमा जोड



अ+ अ-

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्‍ठले मन्त्रालयअन्तर्गतका सम्पूर्ण महाशाखाहरूको समग्र अवस्था, हालसम्मको प्रगति तथा विद्यमान चुनौतीहरूको विषयमा स्थलगत अनुगमन तथा विस्तृत समीक्षा गरेका छन्।

अनुगमनका क्रममा मन्त्री श्रेष्‍ठले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन्। उनले सम्बन्धित निकायलाई परिणाममुखी कार्यसम्पादनमा केन्द्रित हुन स्पष्ट निर्देशन समेत दिएका छन्।

त्यसैगरी, मन्त्रीले राष्ट्रको ऊर्जा विकास, जलस्रोतको दिगो तथा प्रभावकारी उपयोग र सिँचाइ प्रणालीको सुदृढीकरणमार्फत देशको समग्र आर्थिक समृद्धिमा योगदान पुर्‍याउने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्रालयका कार्यसम्पादनलाई समयसापेक्ष, उत्तरदायी र नतिजामुखी बनाउँदै दीर्घकालीन विकास लक्ष्य हासिल गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।




भर्खरै