२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरुलाई प्रधानमन्त्रीको कडा निर्देशन– सय सूचीका काम थालिहाल्नु



अ+ अ-

काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले सबै मन्त्री र सचिवहरुलाई कडा निर्देशन दिँदै सरकारले जारी गरेका सुधारका सय सूचीका कार्यक्रमहरु तत्कालै थाल्न भनेका छन् ।

उनले हिजो र आज सबै मन्त्रीलाई प्रधानमन्त्रीको कार्यालयमा बोलाएर सो निर्देशन दिएका हुन् । उनले नेपाल सरकारले यही चैत १३ गते पास गरेको सुधारका कार्यक्रम अन्तर्गतका एक सय बुँदे कार्यक्रम तत्कालै थाल्न निर्देशन दिएका हुन् ।

निर्देशनमा उनले भनेका थिए– यो हामीले चुनावकै बेलामा गरेको बाचा हो । त्यसै अनुरुप ल्याइएको हो र सार्वजनिक पनि भैसकेको छ । अब जनताले काम खोज्छन् । त्यसैले आजैबाट काम थाल्नुहोस्, नसकिने केही छैन । मलाई प्रगति विवरण मात्र सुनाउनुहोस ।

प्रधानमन्त्री शाहले कुनै बाधा अड्चन आएमा आफूलाई भन्न र नभए खुरु खुरु काम गरेर सय दिनका सय सूचीका काम पूरा गर्न निर्देशन दिएका हुन् ।

यसैबीच आज प्रधानमन्त्री शाहले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई फोन गरेर फेवातालको अतिक्रमण रोक्ने विषयमा के कति प्रगति भएको छ भनेर जानकारी मागेका थिए ।

यसअघि सर्वोच्च अदालतले सो अतिक्रमण हटाउन दिएको आदेश बमोजिम काम भए नभएको बारेमा उनले पोखराका मेयरसँग सोधपुछ गरेका प्रधानमन्त्री बालेनको सचिवालयले जनाएको छ ।