२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री



अ+ अ-

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालू आर्थिक वर्षको आठ महिनामा रु ४३ करोड ३८ लाख ८७ हजार २५४ बराबरको रासायनिक मल बिक्री वितरण गरेको छ ।

सो कार्यालयले सो अवधिमा रु १३ करोड ८७ लाख ६७ हजार ५८० बराबरको आठ हजार १५८ मेट्रिकटन युरिया, रु २९ करोड ७९ लाख सात हजार मूल्य बराबरको छ हजार ३२० मेट्रिकटन डिएपी तथा रु ४३ लाख २२ हजार ६७१ बरारको १८८ मेट्रिकटन पोटास बिक्री गरेको कार्यालय प्रमुख वेचनकुमार साहले जानकारी दिए ।

धनुषा तथा महोतरी जिल्ला गरी दुई जिल्लामा सो कार्यालयले किसानलाई सम्बन्धित पालिकाको सिफारिसमा रासायनिक मल वितरण गर्दै आएको छ । उक्त दुवै जिल्लाका २७ पालिकाहरूमा २१२ वटा आधिकारिक डिलरमार्फत उक्त रासायनिक मल बिक्री गर्दै आएको छ ।

हाल कार्यालयको गोदाममा एक हजार १९२ मेट्रिकटन युरिया, ८३८ मेटिकटन डिएपी मल तथा ३६१ मेट्रिकटन पोटास मौज्जदात रहेको कार्यालयद्वारा जारी तथ्याङ्कमा जनाइएको छ । हालको सिजनका लागि आवश्यक पर्ने रासायनिक मल गोदाममा मौज्जदात रहेको उनले भने ।

उनले पालिकाका किसानका लागि छुट्याइएको रासायनिक मल सम्बन्धित निकायले लिन नआएको प्रमुख साहको भनाइ छ ।

गत आर्थिक वर्षमा सो कार्यालयले रु ३५ करोड मूल्य बराबरको रासायनिक मल बिक्री वितरण गरेको थियो । धनुषा तथा महोतरीका सीमा क्षेत्रका किसानले भारतीय सीमाबाट रासायनिक मल खरीद गरी ल्याउने गरेको छ ।