२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी



अ+ अ-

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो ।

अदालतले रमेश लेखकलाई पक्राउ गर्नुको आधार र कारण स्पष्ट पार्दै बहसका लागि उपस्थित हुन सरकारी पक्षलाई निर्देशन दिएको छ । यससँगै पक्राउसम्बन्धी कानुनी प्रक्रिया र कारणबारे विस्तृत जवाफ पेश गर्न पनि आदेश गरिएको छ ।

लेखककाे तर्फबाट उनकाे श्रीमती यशोदा लेखकले बन्दीप्रत्यक्षीकरण निवेदन दायर गरेकी थिइन् । निवेदनमा उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरिएको छ ।

गत शनिबार २३ र २४ भदौको घटनासम्बन्धी अनुसन्धानका क्रममा नेपाल प्रहरीले रमेश लेखकलाई पक्राउ गरेको थियो । पक्राउपछि परिवार पक्षले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेको हो ।

सर्वोच्चको आदेशपछि अब सरकारी पक्षले पक्राउको औचित्य र कानुनी आधारसहित अदालतमा उपस्थित भई जवाफ दिनुपर्ने भएको छ ।