काठमाडौँ । पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सम्बन्धी बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले सरकारसँग स्पष्टीकरण माग गरेको छ ।

न्यायाधीश मेघराज पोखरेलको इजलासले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षी सरकार पक्षलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
यसअघि सोही प्रकृतिको निवेदनमा रमेश लेखक सम्बन्धमा पनि अदालतले कारण देखाउ आदेश जारी गरिसकेको थियो । अदालतले दुवै प्रकरणमा पक्राउ गर्नुको आधार स्पष्ट पार्दै बहसका लागि उपस्थित हुन सरकारी निकायलाई निर्देशन दिएको छ ।
ओलीको पक्षबाट उनकी श्रीमती राधिका शाक्य ले बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गराएकी थिइन् । गत शनिबार भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित अनुसन्धानका लागि प्रहरीले ओली र लेखकलाई नियन्त्रणमा लिएको थियो ।
उक्त पक्राउ गैरकानुनी भएको दाबी गर्दै परिवारका सदस्यहरूले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
न्यूजपोलार
१६ चैत्र २०८२, सोमबार १७:००
न्यूजपोलार
१६ चैत्र २०८२, सोमबार १७:००
१६ चैत्र २०८२, सोमबार १७:००











