३ असार २०८३, बुधबार
,
Latest
झलनाथले मागे प्रचण्ड र माधवको राजीनामा-पत्रसहित कुटनीतिक पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग ‘नागरिक चौतारी’: सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण जीवी राई सहकारी घोटाला प्रकरणको अभियुक्त भन्दा पहिले नेपाली नागरिक हुन्, उनको अवस्थाबारे राज्य गम्भीर… डा. कृष्ण गिरी चिकित्सा शिक्षा आयोगको बैठकमा ‘उपाध्यक्ष’को हैसियतमा सहभागिः एमालेले जनायो आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुम्लुङको अध्यक्षमा आङ्बुहाङ



अ+ अ-

झापा। आदिवासी याक्थुङ/लिम्बूहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङको अध्यक्षमा गोविन्दबहादुर लिम्बू (आङ्बुहाङ) निर्वाचित हुुनुभएको छ ।

झापाको भद्रपुरमा आइतबार सम्पन्न तीनदिने १२औँ राष्ट्रिय महाधिवेशनबाट आङ्बुहाङको अध्यक्षतामा ३९ सदस्यीय नयाँ सङ्घीय कार्यसमिति निर्वाचित गरेको हो ।

सर्वसम्मत निर्वाचित सङ्घीय समितिको तीन उपाध्यक्षमा निरन्ती तुम्बापो, योगेन्द्र पालुङवा, चक्र येक्तेन (अभिषेक), महासचिवमा अमर तुम्याहाङ, उपमहासचिवमा भवानीविक्रम सम्बाहाम्फे, तीन सचिवमा लक्ष्मण लावती (मेची भूगोल), जीवनप्रकाश शेर्मा (कोशी भूगोल) र सङ्गीता सुब्बा (लिम्बूवान भूगोल)र कोषाध्यक्षमा कुमार जबेगु निर्वाचित हुनुभएको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, ओखलढुङगा र कास्की जिल्ला प्रतिनिधिहरु सम्मिलित महाधिबेशनबाट सङ्घीय सदस्यहरुमा गङ्गा राई शेर्मा (झापा), धर्मराज लक्सम्बा (झापा), सरस्वती तुम्बाहाङफे (इलाम) रामकुमार योङहाङ (इलाम) लगायत चुनिनुभएको छ ।

चुम्लुङको नवनिर्वाचित सङ्घीय समितिले आज भद्रपुरमा पत्रकार सम्मेलन गरी नवनिर्वाचित समितिको घोषणा र महाधिवेशनले १८ बुँदे विभिन्न समसामयिक प्रस्तावहरु पारित गरेको नवनिर्वाचित महासचिव अमर तुम्याहाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार महाधिवेशनले प्रदेश १ को नाम कोशी राखिएकोमा सो प्रति असहमति प्रकट गर्दै ‘लिम्बूवान, किरात’ प्रदेश हुन पर्ने माग दोह¥याएको छ । प्रदेशसभामा भएको लिम्बू र मैथिली सरकारी कामकाजको भाषा विधेयक अविलम्ब पारित गर्नुपर्ने महाधिवेशनले माग गरेको छ ।

याक्थुङ–लिम्बू आदिवासीहरूको थातथलो प्रथाजनित पुख्र्यौली आस्थाको पवित्र भूमि मुक्कुम्लुङमा केबलकार निर्माण गर्न राज्यले सशस्त्र सुरक्षा बल खटाइ मुन्धुमी आध्यात्मिक क्षेत्रको सैनिकीकरण गरी सन्त्रासपूर्ण वातावरण बनाएकाले राज्यले ती सुरक्षा फौज तुरुन्त हटाउन महाधिवेशनले माग गरेको छ । रासस