३ असार २०८३, बुधबार
,
Latest
झलनाथले मागे प्रचण्ड र माधवको राजीनामा-पत्रसहित कुटनीतिक पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग ‘नागरिक चौतारी’: सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण जीवी राई सहकारी घोटाला प्रकरणको अभियुक्त भन्दा पहिले नेपाली नागरिक हुन्, उनको अवस्थाबारे राज्य गम्भीर… डा. कृष्ण गिरी चिकित्सा शिक्षा आयोगको बैठकमा ‘उपाध्यक्ष’को हैसियतमा सहभागिः एमालेले जनायो आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण



अ+ अ-

काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीहरूले आज रेडक्रसको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ ।

गत जेठ २६ गते मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले पुरानो तदर्थ समिति विघटन गरी दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो ।

समितिको महामन्त्रीमा ऋषिरमण खनाल, कोषाध्यक्षमा प्रेमसागर कर्माचार्य र सदस्यहरूमा वसन्तकुमार श्रेष्ठ, अविस्मी न्यौपाने, पुष्पा दास, प्रेम लामा, मोहम्मद आयतुल्ला रहमान र मञ्जु साउद (बोहरा) रहनुभएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको यही जेठ २९ गतेको पत्रानुसार तदर्थ समितिलाई रेडक्रसमा डिजिटल सदस्यता प्रणाली विकास गरी दर्ता, नवीकरण, अद्यावधिक गराउने व्यवस्था गर्ने तथा सदस्यता विस्तार गर्न जिम्मेवारी दिइएको छ ।

साथै समितिलाई सामाजिक सञ्जाल समेतका माध्यमबाट राष्ट्रिय अभियान सञ्चालन गर्ने, युवा सहभागिता र प्रतिनिधित्वलाई सुनिश्चित गर्न पहल गर्ने, हालको साङ्गठनिक संरचनालाई नेपालको संविधानको सङ्घीय शासकीय व्यवस्थाबमोजिम पुनःसंरचना गर्ने, डिजिटल अद्यावधिक सदस्यबाट सोसाइटीको निर्वाचन गराउनेलगायत जिम्मेवारी प्राप्त छ । रासस