३ असार २०८३, बुधबार
,
Latest
झलनाथले मागे प्रचण्ड र माधवको राजीनामा-पत्रसहित कुटनीतिक पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग ‘नागरिक चौतारी’: सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण जीवी राई सहकारी घोटाला प्रकरणको अभियुक्त भन्दा पहिले नेपाली नागरिक हुन्, उनको अवस्थाबारे राज्य गम्भीर… डा. कृष्ण गिरी चिकित्सा शिक्षा आयोगको बैठकमा ‘उपाध्यक्ष’को हैसियतमा सहभागिः एमालेले जनायो आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रममन्त्रीद्वारा ‘इपिए’को निरीक्षण



अ+ अ-

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहले आज भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (इपिए)को निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा श्रमिकले अनावश्यक लाइनमा बस्नुपर्ने स्थिति हटाएर टोकन प्रणाली लागू गर्नुपर्ने, सुरक्षा व्यवस्थापन, बाटो व्यवस्थित गर्नेलगायत सुधार गर्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो ।

“सेवाग्राहीलाई सेवा सहज र छिटो कसरी दिने भन्नेमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “तत्कालै लाइन बस्नुपर्ने झन्झटलाई टोकन प्रणाली लागू गरी सहज बनाउन निर्देशन दिएको छु ।”

श्रमका लागि वैदेशिक रोजगारमा जानुपूर्व श्रमिकले लिनुपर्ने पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई समेत ध्यानमा राखेर श्रमिकको हितमा काम गर्ने तयारी रहेको मन्त्री साहले बताउनुभयो । रासस