२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिनाको एक विद्यालयमा गोली चल्दा एक विद्यार्थीको मृत्यु, ८ घाइते



अ+ अ-

काठमाडौँ। अर्जेन्टिनाको सान्ता फे प्रान्तस्थित एक विद्यालयमा सोमवार भएको गोलीकाण्डमा १३ वर्षीय एक विद्यार्थीको मृत्यु भएको छ । अन्य आठ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूले यस घटनाको पुष्टि गरेका हुन् । यो घटना सान क्रिस्टोबाल शहरको एक विद्यालयमा स्थानीय समय अनुसार बिहान ७ बजेतिर भएको हो ।

एक १५ वर्षीय विद्यार्थीले शटगन बाट गोली चलाउँदा १३ वर्षीय अर्का विद्यार्थीको मृत्यु भएको थियो । स्थानीय सञ्चारमाध्यमकाअनुसार विद्यालयको प्राङ्गणमा विद्यार्थीहरू झण्डोत्तोलन समारोहका लागि भेला भइरहेका बेला उक्त गोलीकाण्ड भएको थियो ।

सोही क्रममा विद्यालयका एक कर्मचारीले आक्रमणकारीलाई नियन्त्रणमा लिई हतियार कब्जामा लिएका थिए । घाइते भएका आठै जना अहिले खतरामुक्त रहेको बताइएको छ । सान्ता फे प्रान्तका अधिकारीहरूले घटनाको बारेमा विस्तृत अनुसन्धान शुरु गरेका छन् ।  सिन्ह्वा/न्युज एजेन्सी नेपाल