२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानगरपालिकाले किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन



अ+ अ-

काठमाडाैँ । पोखरा महानगरपालिकाले वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयको समन्वयमा अनुदानका कार्यक्रम अघि बढाएको छ । महानगरपालिकाभित्रका ३३ वटै वडालाई लक्षित गरी ५० प्रतिशत लागत साझेदारी गर्नेगरी अनुदानका कार्यक्रम सञ्चालन गरिएको महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।

उनका अनुसार महानगरपालिकाभित्रका बजार क्षेत्रका ११ वटा वडाका लागि प्रतिवडा एक–एक लाख रुपैयाँ र ग्रामीण क्षेत्रका २२ वटा वडाका लागि दुई–दुई लाख रुपैयाँका दरले कुल ५५ लाख रुपैयाँ विनियोजन गरी अनुदानका कार्यक्रम सञ्चालन गरिएको छ ।

महानगरका ३३ वडा वडामध्ये वडा नं १ देखि १० र १२ नं वडालाई बजार क्षेत्र र अन्यलाई ग्रामीण क्षेत्रका रूपमा लिइएको छ । वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयले त्यहाँको आवश्यकता पहिचान गरेअनुरुप उक्त स्थानमा बजेट विनियोजनअनुसार किसानलाई ५० प्रतिशत अनुदानका कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।