२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त ग-यो ‘आइएसओ’ मान्यता



अ+ अ-

काठमाडौं । राष्ट्रिय औषधि प्रयोगशालाले अन्तरराष्ट्रिय प्रमाणीकरण ‘आइएसओ’ मान्यता प्राप्त गरेको छ । प्रयोगशालाले आइएसओ १७०२५ः२०१७ प्रमाणपत्र प्राप्त गरेको हो ।

स्थापनाको ६० वर्षपछि नेपालको एक मात्र औषधिको परीक्षण गर्ने सरकारी प्रयोगशाला ‘आईएसओ एक्रिडिटेसन सर्टिफाइड’ भएको हो ।

राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईले प्रयोगशाला अब अन्तरराष्ट्रिय मापदण्डको सरकारी औषधि प्रयोगशालामा परिणत भएको र यसले औषधिको गुणस्तर सुनिश्चितताका लागि थप विश्वसनीयता आर्जन गर्ने बताए  ।

उनले भने, “प्रयोगशालाको सिङ्गो टोलीको तीन वर्षको अथक मेहनतका कारण प्रयोगशालाले आइएसओ सर्टिफिकेट पाएको हो । सर्टिफिकेट प्राप्त गर्नका लागि व्यवस्थापन र गुणस्तरीयतामा विशेष काम गरेका छौँ ।”

नेपालमा उत्पादन हुने र विदेशबाट आयात हुने औषधिको परीक्षण र विश्लेषण, गुणस्तर नियन्त्रण तथा व्यवस्थापन र गुणस्तर तथा विधि पुष्टि गर्ने काम प्रयोगशालाले गर्दै आएको छ ।

औषधि व्यवस्था विभागबाट प्राप्त नमूनाहरु, निजी क्षेत्रका औषधि उद्योग, विभिन्न निकाय र संस्थाबाट प्राप्त नमूना र अन्य औषधि परीक्षण गर्ने तथा निजी प्रयोगशालाको गुणस्तर जाँच गर्ने काम प्रयोगशालाले गर्दै आएको छ ।

त्यसैगरी, प्रयोगशालाले नियमनको लेखापरीक्षण गर्ने, स्वदेशमा उत्पादित, वितरित एवं विदेशबाट आयात हुने औषधिको गुणस्तर परीक्षण र विश्लेषण गर्ने, विश्लेषण विधि पुष्टि गर्ने सरकारी निकायबाट प्राप्त खोपको प्रमाणीकरण गर्ने र कुशल प्रयोगशाला अभ्यासहरुको निरीक्षण लेखापरीक्षण गर्दै आएको छ ।

औषधि ऐन, २०३५ को दफा ६ बमोजिम स्थापना भएको नेपाल औषधि अनुसन्धानशाला, औषधिको वैज्ञानिक अनुसन्धान, परीक्षण र विश्लेषण गर्ने सरकारको प्रमुख अङ्गका रुपमा रहेको छ ।