२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ: अर्थमन्त्री वाग्ले



फाईल फोटो ।
अ+ अ-

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग आज भएको भेटमा उहाँले अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्न हातेमालो गर्न सरकार तयार रहेको बताउनुभयो ।

अर्थमन्त्री डा वाग्लेले राज्यले निजी क्षेत्रलाई उद्यम विकास र विस्तारका लागि आवश्यक सहजीकरण गर्ने स्पष्ट पार्दै देश निर्माणमा सबै पक्षले साझा जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभयो । “हामी देश बनाउने हुटहुटीका साथ आएका छौँ, अब अर्थतन्त्र बलियो बनाउन हातेमालो गरौँ । तपाईंहरूलाई उड्ने र फैलने सुविधा राज्यले प्रदान गर्छ”, उहाँले भन्नुभयो,“इमान्दार उद्योगी–व्यवसायी कानुनी जटिलताका कारण बदनाम बन्ने अवस्था आउन नदिन सरकार प्रतिबद्ध छ । रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई राज्यका तर्फबाट कुनै किसिमको हैरानी हुन नहुने अवस्था बनाउन हामी प्रतिबद्ध छौँ ।”

अर्थमन्त्री डा वाग्लेले उद्योग–व्यवसाय प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्था र सहजीकरणका विषयमा निजी क्षेत्रबाट सुझाव मागिनेसमेत बताउनुभयो । “अर्थतन्त्र निर्माणका लागि राज्यले गर्नुपर्ने सबै कार्य गर्न तयार छौँ, तर निजी क्षेत्र पनि इमानदार हुनुपर्छ” उहाँले भन्नुभयो ।

अर्थमन्त्री डा वाग्लेले मुलुकको सर्वाङ्गीण विकासका लागि सबै पक्ष एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै निजी क्षेत्रसँग पारदर्शिता र जिम्मेवारीको अपेक्षा गर्नुभयो । “निजी क्षेत्र इमानदार भए राज्यले दिलोज्यान दिएर सहयोग गर्छ, म त्यसको जिम्मा लिन्छु”, उहाँले भन्नुभयो, “तर नियोजित र प्रायोजित गल्ती तथा बेइमानीमा भने सरकार निर्मम हुन्छ ।”

अर्थमन्त्री डा वाग्लेले नेपाल अल्पविकसित मुलुक (एलडिसी)बाट स्तरोन्नति हुने विषयमा निजी क्षेत्रको चिन्तालाई आफूले बुझेको उल्लेख गर्दै तत्काल त्यस्तो अवस्था नआउने बताउनुभयो । रासस




भर्खरै