२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनुहुन्छ : मन्त्री बास्कोटा



अ+ अ-

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पार्टीले भनेपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने बताएका छन् ।

तुम्बाहाम्फेले आफु सभामुख हुने भएपछि मात्र राजीनामा दिने भनेर बताइरहेका बेला नेकपा नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले पार्टीले दिएको जिम्मेवारीमा रहेकाहरुले पार्टीले भनेपछि राजिनामा दिनुपर्ने बताए ।

सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले अहिलेसम्म उपसभामुखले राजीनामा दिन्छु वा दिन्न नभनेको र पार्टीले पनि निर्णय नगरेको बताए । पार्टीले विभिन्न जिम्मेवारीमा पठाएकाहरुले पार्टीले भनेपछि राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

मन्त्री बास्कोटाले भने ‘सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्री सबैलाई पार्टीले त्यो जिम्मेवारीमा पठाएको हो । पार्टीले फिर्ता हुनु भनेपछि हामी सबैले मान्नुपर्छ । जहाँसम्म उपसभामुखको कुरा छ उहाँले दिन्छु दिन्न भन्नुभएको छैन । पार्टीले निर्णय गरेपछि उहाँले मानिहाल्नुहुन्छ ।’