२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानद्वारा पहिलो पटक लामो दूरीका काउन्टरस्ट्राइक मिसाइलहरू तैनाथ, विरोध जारी



अ+ अ-

काठमाडाैँ । जापानको रक्षा मन्त्रालयले मंगलवार पहिलो पटक दुईवटा ग्राउन्ड सेल्फ–डिफेन्स फोर्स आधारहरूमा काउन्टरस्ट्राइक क्षमता भएका लामो दूरीका मिसाइलहरू सेवामा ल्याइएको बताएको छ ।

यो कदमले देशमा आन्तरिक विरोध निम्त्याएको छ । दक्षिण–पश्चिमी जापानको कुमामोटो प्रान्तको क्याम्प केनगुन र मध्य जापानको सिजुओका प्रान्तको क्याम्प फुजीमा यी मिसाइलहरूको तैनाथीले जापानको लामो समयदेखिको विशेष रक्षा–उन्मुख नीतिमा महत्त्वपूर्ण परिवर्तनको संकेत गर्दछ । क्याम्प केनगुनमा अपग्रेड गरिएको टाइप १२ ल्यान्ड–टु–शिप गाइडेड मिसाइलको ग्राउन्ड–लन्च संस्करण जडान गरिएको छ ।

जुन लगभग १ हजार किलोमिटर उड्न सक्छ । यो जापानको क्षेत्रीय सीमाभन्दा धेरै टाढा जान सक्छ र यसलाई स्पष्ट आक्रामक क्षमता भएको मानिन्छ । यसैबीच, क्याम्प फुजीमा हाइपर भेलोसिटी ग्लाइडिङ प्रोजेक्टाइलहरू जडान गरिएको छ । टापु रक्षाका लागि डिजाइन गरिएको यो मोडलको दायरा केही सय किलोमिटर छ, जसलाई मन्त्रालयले करिव २ हजार किलोमिटरमा अपग्रेड गर्ने काम गरिरहेको छ ।

क्योडो न्युजका अनुसार शत्रु आधार स्ट्राइक क्षमताले जापानको शत्रु आधारहरूमा आक्रमण हुनु अघि नै काउन्टरस्ट्राइक गर्ने क्षमतालाई बुझाउँछ । यद्यपि, विश्लेषकहरूले चेतावनी दिएका छन् कि गलत निर्णयले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्नसक्छ ।