२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेताहरूका गतिविधि गतिछाडा भएको चन्द्र भण्डारीको टिप्पणी



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पछिल्लो राजनीतिक प्रवृत्तिप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेपालमा झगडालाई राजनीति र पहिचानका रूपमा स्थापित गरिँदै गएको भन्दै प्रश्न उठाएका हुन्।

उनले झगडा राजनीति हो?, झगडा नेपालीको पहिचान हो त? जस्ता प्रश्न गर्दै वर्तमान राजनीतिक संस्कारप्रति असन्तोष व्यक्त गरेका छन्। भण्डारीले हारमा पनि झगडा र जितमा पनि झगडा हुने प्रवृत्तिले धैर्यता र विधिको अभाव देखिएको टिप्पणी गरेका छन्।

उनका अनुसार पाका नेताहरूले अझ जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नुपर्ने समय आएको छ। पाका नेताहरू पाका बन्नु पर्दैन र? भन्ने प्रश्नमार्फत उनले नेतृत्व तहप्रति संकेत गरेका छन्।

त्यस्तै, गति छाडा भन्ने शब्द प्रयोग गर्दै उनले अहिलेको राजनीतिक व्यवहार र शैलीप्रति कटाक्ष गरेका छन्।