२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अप्रिल फूलमा नेपाल प्रहरीको सचेतना अभियान, क्यूआर कोड स्क्यामप्रति सतर्क रहन आग्रह



अ+ अ-

काठमाडाैँ । नेपाल प्रहरीले अप्रिल फूलको अवसर पारेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एक सचेतनामूलक पोस्टले अनलाइन स्क्यामबारे जनचेतना फैलाएको छ।

बुधबार प्रहरीको आधिकारिक सामाजिक सञ्जाल पेजमा सार्वजनिक गरिएको उक्त सामग्रीमा हतकडी लगाइएको पृष्ठभूमि र प्रहरीको लोगो प्रयोग गरिएको थियो। पोस्टमा क्यूआर कोड स्क्यानसँग सम्बन्धित सन्देश राख्दै सुरुमा सर्वसाधारणलाई झुक्याउने शैली अपनाइएको थियो।

पछि प्रहरीले उक्त सामग्रीलाई सचेतनामूलक अभियानको रूपमा स्पष्ट गर्दै अज्ञात वा अपरिचित स्रोतबाट प्राप्त हुने क्यूआर कोड स्क्यान नगर्न आग्रह गरेको छ। डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै क्यूआर कोडमार्फत हुने ठगीका घटनाहरू पनि बढ्दै गएकाले सचेत रहनुपर्ने सन्देश दिइएको हो।

प्रहरीले प्रयोगकर्तालाई कुनै पनि क्यूआर कोड स्क्यान गर्नु अघि त्यसको स्रोत प्रमाणित गर्न, शंका लागेमा प्रयोग नगर्न र यस्ता जानकारी परिवार तथा समुदायमा पनि साझा गर्न आग्रह गरेको छ। अनलाइन सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो प्रकारका सचेतनामूलक गतिविधि आवश्यक रहेको प्रहरीले जनाएको छ।

प्रहरीले डिजिटल माध्यममा हुने सम्भावित ठगी र जोखिमबाट जोगिन सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ।