२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको नेतामा बादल र नेम्वाङबिच निर्वाचन प्रतिस्पर्धा हुने



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको नेता चयनका लागि आन्तरिक प्रतिस्पर्धा हुने भएको छ । पार्टीभित्रको सहमति बन्न नसकेपछि नेता चयनका लागि निर्वाचन प्रक्रियाबाट अघि बढ्ने तयारी भएको हो ।

पार्टी मुख्यालय च्यासलमा आज बसेको संसदीय दलको बैठकमा नेताद्वय रामबहादुर बादल र सुहाङ नेम्वाङबिच प्रतिस्पर्धा हुने विषयमा छलफल भएको स्रोतले जनाएको छ । दलको नेतृत्वका लागि दुवै नेताले दाबी प्रस्तुत गरेपछि निर्वाचनमार्फत टुंगो लगाउने सहमति बनेको बताइएको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले २५ सिट प्राप्त गरेको थियो । सोही संख्याको आधारमा संसदीय दल गठन प्रक्रिया अघि बढाइएको हो ।