२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु



अ+ अ-

काठमाडाैँ । हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन तत्कालै सो उपकरणको मर्मत गरी रेर आजबाट सिमेन्ट पुनः उत्पादन सुरु गरिएको उद्योगको व्यवस्थापनले जनाएको छ । उद्योगको व्यवस्थापनले गत चैत १४ गतेबाट करिब सात महिनापछि सिमेन्टको उत्पादन सुरु गरिएलगत्तै चैत १५ गते अपराह्न आगो बाल्ने भट्टी कोलमिलको केही उपकरणमा बिग्रेर भट्टी बन्द गर्नुपरेको थियो ।

उद्योगको कोलमिलमा गएराति कोइला ढुवानी गरी आगो बालिएको थियो । उक्त उद्योगले सिमेन्टको धुलो उत्पादन गर्ने क्लिङ्करको उत्पादन कार्य आजदेखि सुरु गरिएको जनाइएको छ । उद्योगमा सिमेन्ट उत्पादन गर्ने कार्य नियमित आगामी दुई महिनासम्म पुग्ने कोइला जगेडामा राखिएको जनाउँदै बाँकी नपुग कोइला खरिद गर्न उद्योग व्यवस्थापनले बोलपत्र आह्वान गरिसकेको हेटौँडा सिमेन्ट उद्योग प्रशासन महाशाखाका सहायक प्रबन्धक विकास श्रेष्ठले राससलाई जानकारी दिए।

उनका अनुसार उद्योगका लागि आवश्यक कच्चा पदार्थ कोइला खरिद गर्न तत्काल आर्थिक सङ्कटको भार व्यहोर्नुपरेकाले सिमेन्ट उत्पादनमा अवरोध उत्पन्न हुँदै आएको हो । उद्योगको साविक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा रहेको जनाउँदै उहाँले अहिले विभिन्न उपकरण जीर्ण भएकाले दैनिक ११ हजार बोरामात्र उत्पादन हुने गरेको उल्लेख गरे।

विसं २०३३ मा हेटौँडाको लामसुरेमा तत्कालीन श्री ५ को सरकारले हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरेको थियो । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहबाट विसं २०४३ मङ्सिर २६ गते उक्त उद्योगबाट उत्पादन हुने सिमेन्टको व्यावसायिक शुभारम्भ गरेका थिए । तत्कालीन सरकारले हेटौँडा सिमेन्ट उद्योगका लागि रु एक अर्ब ५० करोड लागतमा निर्माण सम्पन्न गरिएको थियो । उक्त उद्योगबाट उत्पादित सिमेन्ट काठमाडौँ, नेपालगञ्ज, पोखरा, हेटौँडा, वीरगन्जलगायत विभिन्न सहरका उपझोक्तालाई बिक्रीवितरण गर्दै आइएको छ ।




भर्खरै