२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु



अ+ अ-

काठमाडाैँ । टर्कीको दक्षिणपश्चिमी प्रान्तको मुग्ला तटमा बुधबार अवैध आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा १८ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य २१ जनाको उद्धार गरिएको टर्कीको तट–रक्षकले जनाएको छ ।

मिडियाका अनुसार बोडरम जिल्लाको रिसोर्टबाट गएको डुङ्गा स्थानीय समय अनुसार विहान करिब छ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनाको सुचना प्राप्त भए पछि, टर्कीको तटरक्षकले आपतकालीन सुरक्षा व्यवस्थापनका लागि आवाश्यक डुङ्गा तथा पानी जहाजहरूलाई घटनास्थलमा तैथान गरेको उल्लेख गरेको छ । अधिकारीहरूले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको जनाएका छन् ।