२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री सुधन गुरुङद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुन्ने पहल



अ+ अ-

Oकाठमाडौं। गृहमन्त्री सुधन गुरुङले सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्ने उद्देश्यले मन्त्रालयमै बोलाएर समस्या सुन्ने पहल गरेका छन्।

विशेषगरी गाउँ–गाउँबाट आएका नागरिकहरूले आफ्ना पीडा र समस्या गृहमन्त्रीसमक्ष राखेका थिए। गुनासा राख्ने क्रममा अधिकांश सर्वसाधारणले न्याय पाउन अझै कठिन रहेको बताएका छन्। उनीहरूले शक्ति र पहुँचकै भरमा अन्याय सहनुपर्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

कार्यक्रममा सहभागी नागरिकहरूले गृहमन्त्री गुरुङलाई भेट्न पाएकोमा खुसी व्यक्त गर्दै विगतका अनुभवसमेत सुनाएका थिए। एक सर्वसाधारणले भने, “धेरै गृहमन्त्रीहरू बने, तर तपाईँजस्तो हामीजस्ता सर्वसाधारणको गुनासो सुन्ने व्यक्ति पाउन सकेनौँ। हाम्रो कुरा सुन्नुभएकोमा धन्यवाद।”

गृहमन्त्री गुरुङले नागरिकका गुनासालाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले राज्यको सेवा सबै नागरिकसम्म पुग्ने गरी काम गर्ने र अन्यायमा परेकालाई न्याय दिलाउनेतर्फ आफू प्रतिबद्ध रहेको बताएका छन्।