२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–२० साफ: नेपाल सेमिफाइनलबाट बाहिरियो



अ+ अ-

काठमाडौँ। नेपाल माल्दिभ्समा जारी यु–२० साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ ।

मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा बुधबार भएको सेमिफाइनल खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलले पराजित भयो ।

सेमिफाइनलमा बंगलादेशको जितमा १०औं मिनेटमा एमडी मानिकले गरेको गोल निर्णायक बन्यो । नेपालले गोल गर्ने अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेन ।

बंगलादेशले अब उपाधिका लागि भारत र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

उमेर समूहमा नेपालले दुई र बंगलादेशले एक-एक पटक उपाधि जितेका छन् । तर पछिल्ला संस्करणहरुमा बंगलादेश नेपालका लागि चुनौती बन्दै आएको थियो ।

सन् २०२४ मा नेपालमै भएको साफ यू-२० मा बंगलादेशले नेपाललाई फाइनलमा हराएर उपाधि जितेको थियो । त्यसबेला समूह चरणमा नेपालले बंगलादेशलाई पराजित गरे पनि फाइनलमा भने त्यही नतिजा दोहोर्‍याउन नेपालले सकेन ।