२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ



अ+ अ-

काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कामको प्रलोभन देखाइ पैसा माग्ने १६ जना बिचौलियालाई पक्राउ गरेको छ । प्रहरीले आज सुर्खेत वीरेन्द्रनगरपालिका–७ ईत्रामस्थित यातायात व्यवस्था कार्यालय सुर्खेतबाट १० महिला र मालपोत कार्यालय सुर्खेतबाट छ पुरुष गरी १६ बिचौलियालाई पक्राउ गरेको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए।

यातायात व्यवस्था कार्यालयबाट पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ बस्ने २५ वर्षीय लक्ष्मी शाही, ३४ वर्षीय पार्वती योगी, वडा नं ५ बस्ने ३५ वर्षीय पवित्रा न्यापाने, वडा नं ६ बस्ने २३ वर्षीय सम्झना योगी, ३८ वर्षीय निर्मला योगी, वडा नं ११ बस्ने १८ वर्षीय रोशनी शाही, २० वर्षीय गीता सुनार, ३१ वर्षीय दुर्गा शाही र ३२ वर्षीय रोशमी तिवारी र वडा नं १२ बस्ने २५ वर्षीय कुसुम बुढाक्षेत्री रहेका छन् ।

मालपोत कार्यालयबाट पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१ प्रगतिशील टोलका ३६ वर्षीय दीपकबहादुर विक, वडा नं ३ का ६२ वर्षीय इन्द्रबहादुर शाही, ३३ वर्षीय प्रदीप खड्का, वडा नं ५ का २८ वर्षीय हरिप्रसाद देवकोटा, वडा नं १० का ३२ वर्षीय प्रभाकर शर्मा गौतम र सुर्खेत लेकवेशी नगरपालिका–३ का ३७ रमेश दमाई रहेका छन् ।

उनीहरूले सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण र जग्गा नामसारी तथा भू–सेवाका कार्य गरिदिन्छु भनि रकम लिइ बिचौलियाको काम गरिरहेको सूचनाका आधारमा जिप्रका सुर्खेतबाट प्रहरी सहायक निरीक्षक किशोर खत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ  ।