काठमाडाैँ । श्रम संस्कृति पार्टी (श्रसपा)का अध्यक्ष हर्कराज राईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेज गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै अध्यक्ष राईले देशको स्वाधीनता, भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिको संरक्षणका लागि एमसीसी सम्झौता खारेज गर्नुपर्ने तर्क प्रस्तुत गरेका हुन्। उनले कुनै पनि असमान तथा राष्ट्रहितविपरीतका व्यापारिक सन्धि स्वीकार्य नहुने स्पष्ट पारे।
अध्यक्ष राईले एमसीसी सम्झौता सैन्य रणनीतिक उद्देश्यसहित अघि बढाइएको दाबी गर्दै यसलाई तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, “देशको स्वाधीनता, भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिलाई बचाइराख्न सैन्य रणनीतिक उद्देश्यका साथ सुरु गरिएको असमान र राष्ट्रघाती व्यापारिक सन्धि एमसीसीलाई खारेज गर्नुपर्छ भनेर म माग गर्न चाहन्छु।”
त्यसैगरी उनले सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूले गतिविधि बढाइरहेको उल्लेख गर्दै त्यसप्रति सरकार गम्भीर हुनुपर्ने बताए । उनले संयुक्त राष्ट्रसंघमार्फत नेपालको सीमा यकिन गरी त्यसको सुरक्षा सुनिश्चित गर्न नेपाली सेनालाई प्रभावकारी रूपमा परिचालन गर्न पनि माग गरे।
न्यूजपोलार
१९ चैत्र २०८२, बिहीबार १५:५०
न्यूजपोलार
१९ चैत्र २०८२, बिहीबार १५:५०
१९ चैत्र २०८२, बिहीबार १५:५०











