२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी इण्डोनेसियामा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पः १ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ। बिहीवार पूर्वी इण्डोनेसियाको मालुकु क्षेत्रमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा एक महिलाको मृत्यु भएको छ ।

स्थानीय खोज तथा उद्धार टोलीका अनुसार भूकम्पका कारण भौतिक क्षति समेत भएको छ । मृतक महिला उत्तर सुलावेसीको मिनाहासा रिजेन्सीकी ७० वर्षीया बासिन्दा हुन् ।

उत्तर सुलावेसीको राजधानी मानाडोस्थित खोज तथा उद्धार टोलीकाअनुसार भूकम्पका क्रममा घर भत्किँदा भग्नावशेषले थिचिएर उनको मृत्यु भएको हो ।

देशको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले बिहीवार बिहान जारी गरेको विज्ञप्तिअनुसार उक्त शक्तिशाली भूकम्पको केन्द्रविन्दु बिटुङ शहरको दक्षिणपूर्वी समुन्द्री क्षेत्रमा रहेको थियो ।

बिटुङ र आसपासका क्षेत्रहरूमा १० देखि २० सेकेण्डसम्म निकै कडा धक्का महशुस गरिएको थियो । भूकम्पको धक्कापछि त्रसित बनेका स्थानीय बासिन्दाहरू ज्यान जोगाउन घरबाहिर निस्किएका थिए ।  सिन्ह्वा/न्युज एजेन्सी नेपाल