२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादित सलमान: हिन्दू जनजागृति समितिले बहिष्कार गार्यो सलमान खानको ‘दबंग ३’



अ+ अ-

बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘दबंग ३’ प्रदर्शनअघि विवादित बन्दै गएको छ । यसअघि चलचित्रको नामसँगै साधु महात्मा देखाइएको बारेमा विवाद हुँदै आएको थियो । सनातन हिन्दूवादी संस्थाले पछिल्लो समय आएर सम्पूर्ण चलचित्र नै बहिष्कारको घोषणा गरेको छ । यो संस्थाभित्र अन्य धेरै संघसंस्था आबद्ध छन्, ती संस्था चलचित्र बहिष्कार गर्नुपर्ने पक्षमा उभिएका छन् । ‘दबंग ३’ बहिष्कार गर्नेमा हिन्दू जनजागृति समिति, बजरंग दल, हिन्दू राष्ट्र सेना लगायतका दर्जनौँ संस्था रहेका छन् । चलचित्रमा साधु सन्तलाई गलत ढंगले प्रस्तुत गरिएको भन्दै उनीहरू चलचित्रको विरोधमा उत्रिएका हुन् ।

चलचित्रको एउटा गीतमा साधु सन्तलाई गितार बोकेर उभिएको र कालो चस्मा लगाएको देखाइएको छ । दादर स्वामी नारायण मन्दिरमा सुटिङकै समयमा यसको विरोध गरिरहेका आन्दोलनकारीले यो मुद्दा आजसम्म पनि यथावत् राखेका छन् । ‘अभिनेता सलमानले कहिले पनि मुस्लिम धर्म गुरुहरू र इसाई पुजारीहरूले त्यस्तो काम गरेका देखाएका छैनन् जस्तो यस भिडियोमा साधुलाई देखाइएको छ । त्यो साह्रै दुःखद् र भावनात्मक चोट पुर्याउने खालको छ । हामी यसलाई पूर्णरूपमा बहिष्कार गर्छौं’, उनीहरूले भनेका छन् ।

यस वर्षको क्रिसमसको अवसरमा पारेर उक्त चलचित्र प्रदर्शनमा आउने तयारीमा छ । यसमा सलमान फेरि चुलबुल पाण्डेकै भूमिका देखिनेछन् । त्यस्तै, चलचित्रमा अभिनेत्री सोनाक्षी सिन्हा महिला मुख्य भूमिका खेल्ने छन् । दक्षिण भारतीय फिल्मका सुपरस्टार किचा सुदीप फिल्ममा नकारात्मक भूमिका रहेका छन् । यसैबीच, ‘दबंग’ को तेस्रो शृंखला ‘दबंग ३’ ले प्रदर्शन अगावै एक सय ५५ करोड कमाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रले अमेजन प्राइमलाई अनलाइन स्ट्रिमिङ, टि सिरिजलाई म्युजिक र जी नेटवर्कलाई स्याटलाइट राइट्स बेचेको छ । त्यसैगरी, चलचित्रले डिजिटल राइट्स ओटिटी प्लेटफार्म अमेजन प्राइम भिडियोलाई ६० करोडमा बेचेको छ ।

त्यस्तै, जी नेटवर्कले ८० करोडमा स्याटलाइट राइट्स खरिद गरेको छ भने टि सिरिजले १५ करोडमा म्युजिक राइट्स खरिद गर्यो । डिसेम्बर २० मा विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा सलमान र सोनाक्षीका साथमा किच्चा सुदीप, साईं मांजरेकर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यो चलचित्र प्रभु देवाले निर्देशन गरेका हुन् । निर्देशक प्रभुले भने, ‘यो एकदमै सलमान खान फिल्म हो । दर्शकले सलमानलाई पर्दामा जस्तो देख्न चाहन्छन्, उनको चरित्र फिल्ममा त्यस्तै छ । यो फिल्म तुलनात्मकरूपमा ‘दबंग’ सिरिजकै सबैभन्दा ठूलो फिल्म हुने पक्का छ ।’