२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु



अ+ अ-

काठमाडाैँ । उत्तर पश्चिमी पाकिस्तानमा विस्फोटक पदार्थले भरिएको गाडीमा आत्मघाती बम विस्फोट हुँदा तीन जना महिला र दुई बालबालिकाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रहरी चौकीलाई निशाना बनाएर भएको आक्रमण पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा भएको स्थानीय प्रहरी अधिकारी मुहम्मद सज्जाद खानलाई उदृत गर्दै शुक्रबार एएफपीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणमा अन्य चार जना घाइते भएका छन् भने अहिले सम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

सन् २०२१ मा काबुलमा तालिबान सत्तामा फर्किए पछि पाकिस्तानमा आक्रमणको दर बढेको छ भने आतङ्कवादी समूह तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले नियमित रूपमा यस क्षेत्रका सुरक्षा फौजलाई लक्षित गर्दै आएको छ । इस्लामाबादले छिमेकी अफगानिस्तानलाई आफ्नो भूमिमा शरण लिइरहेका आतङ्ककारीहरूलाई नियन्त्रणमा नलिएको आरोप लगाएको छ ।