काठमाडौं । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको नेकपा(माओवादी केन्द्र)को महाविशेनस्थल प्रज्ञा भवनमा संघीय मन्त्री र स्थायी समिति सदस्यका गाडीले मात्रै प्रवेश पाउने भएका छन् ।
त्यसका लागि छुट्टै पासको व्यवस्था गरिएको छ ।
ट्राफिक व्यवस्थावपनका लागि सवारी पास भएकालाई मात्रै प्रवेश दिन लागिएको हो ।
संघीय मन्त्री र स्थायी समिति सदस्यबाहेक अन्य प्रतिनिधिका सवारी भने अन्यत्रै पार्किङ गरिने माओवादीले जनाएको छ ।












