२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार विगतमा गल्ती गर्नेहरू सबैलाई कारबाहीको दायरामा ल्याउन केन्द्रित छः सञ्चारमन्त्री तिमिल्सिना



अ+ अ-

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले विगतमा गल्ती गर्नेहरु सबैलाई कारबाहीको दायरामा ल्याउने कुरालाई नियाली रहेको बताउनुभएको छ ।

विगतमा मन्त्रालयको बन्द कोठामा बसेर सेटिङको भरमा देशलाई ठग्नेहरुलाई कारबाही गर्नुपर्ने जनताको म्याण्डेट सरकारलाई रहेकाले सरकारले सोही कामलाई अघि बढाउने गरी तयारी गरिरहेको मन्त्री तिमिल्सिनाको भनाई थियो ।

शुक्रवार सिंहदरबारमा आयोजित रेडियो नेपालको ७६ औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले मुलुकको राजनीतिक अब सङलिएको दाबी गर्दै निश्कलंक भएर काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । मन्त्री तिमिल्सिनाले सरकार कामैकामको चापमा रहेको पनि स्पष्ट पार्नुभयो । मन्त्री तिमिल्सिनाले कर्मचारीहरुले मुलुकमा ठूलो आशाको सञ्चार हुनेगरी काम गर्न जरुरी रहेको पनि बताउनु भयो