काठमाडौँ। नेकपा एमालेले कार्यवाहक अध्यक्ष राम बहादुर थापा(बादल)ले संसद्मा दिएको अभिव्यक्ति सच्याएको छ।

च्यासलमा बसेको सचिवालय बैठकले विशेषगरी नेपाली सेना, कर्मचारीतन्त्र र अन्तर्राष्ट्रिय समुदायलाई लिएर बादलबाट आएको अभिव्यक्तिलाई लिएर बैठकमा गम्भीर छलफल भएको र ती निकायप्रति सदैव पार्टीको सम्मान रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उपमहासचिव भट्टका अनुसार, बैठकले उक्त निर्वाचनमा पार्टीका तर्फबाट कुनै प्रकारको निर्देशन, नियन्त्रण एवं हस्तक्षेप भएको थिएन भन्ने कुरा प्रष्ट पारेको छ ।
‘निर्वाचन समितिले निर्धारित प्रक्रिया पूरा गरेर पार्टीका उपाध्यक्ष तथा माननीय रामबहादुर थापालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो,’ भट्टले भने, ‘यो बैठक उक्त निर्वाचनमा पार्टीका तर्फबाट कुनै प्रकारको निर्देशन, नियन्त्रण एवं हस्तक्षेप भएको थिएन भन्ने कुरा प्रष्ट पार्न चाहन्छौं ।’
न्यूजपोलार
२० चैत्र २०८२, शुक्रबार २०:१५
न्यूजपोलार
२० चैत्र २०८२, शुक्रबार २०:१५
२० चैत्र २०८२, शुक्रबार २०:१५













