२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेमकिपाको केन्द्रीय समिति बैठक



अ+ अ-

भक्तपुर।  नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को कन्द्रीय समिति बैठक आजदेखि भक्तपुरमा सुरु भएको छ । बैठकको पहिलो दिन आज पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक प्रशिक्षण दिनुभएको छ ।

उहाँले देशको वर्तमान राजनीतिक अवस्था, गत फागुन २१ को निर्वाचन र यसबाट उब्जिएका नयाँ परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई समीक्षात्मक जानकारी गराउनुभएको जनाइएको छ ।

कार्यक्रममा पार्टी केन्द्रीय सचिव प्रेम सुवालले केन्द्रीय समितिको प्रतिवेदन पेस गर्नुभएको थियो । नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंका अनुसार केन्द्रीय सदस्यहरूले प्रतिवेदन प्रस्तुत गर्ने क्रम जारी रहेकाले बैठक आइतबार पनि जारी रहने छ । रासस