२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी नकआउट चरणमा प्रवेश



अ+ अ-

लण्डन क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब लिलीलाई पराजित गर्दै चेल्सीले अन्तिम १६ मा स्थान पक्का गर्न सफल भएको हो । फ्रान्क लाम्पार्ड नेतृत्वको चेल्सीका टमी अब्राहम र सेजर अजपिलिकुएटाले पहिलो हाफमै दुई गोल गर्दै लण्डन क्लबको सम्भावना बलियो बनाएका थिए ।

विलियमको क्रसलाई सदुपयोग गर्दै १९ औ मिनेटमा अब्राहमले क्लोज रेन्जबाट चेल्सीलाई अग्रता दिलाएका थिए । अजपिलिकुएटाले ३५ औ मिनेटमा लण्डन क्लबको अग्रता दोब्बर बनाएका थिए । इमरसनको कर्नरलाई सदुपयोग गर्दै उनले हेडमार्फत गोल गरेका थिए । खेलको ७८ औ मिनेटमा रेमीले लिलीका लागि एक गोल फर्काएका थिए ।

चेल्सी ११ अक सहित दोस्रो स्थानमा रहेर समूह चरण पार गर्यो । शीर्ष स्थानको भ्यालेन्सिया समेत ११ अंक सहित नकआउट चरण पुग्यो । अजाक्स १० अंक सहित तेस्रो स्थानमा रहेर समूह चरणबाटै बाहिरियो । लिलीले अन्तिम खेलमा एक अंक बटुल्यो ।