२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको अन्तिम १६ मा डर्टमण्ड



अ+ अ-

जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।मंगलबार राति भएको समूह चरण अन्तर्गत खेलमा स्लाभियालाई २–१ गोल अन्तरले पराजित गर्दै समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । अन्तिम १५ मिनेट १० खेलाडीमा समेटिएको डर्टमण्डका लागि जाडोन सान्चो र जुलियन ब्रान्टले एक एक गोल गरेका थिए ।

स्लाभियाका थोमस सौसेकले एक गोल फर्काएका थिए । खेलको दशौँ मिनेटमा सान्चोले गोल गर्दै डर्टमण्डलाई १–० को अग्रता दिलाए । ४३ औं मिनेटमा थोमसले गोल गर्दै स्लाभियालाई खेलमा फर्काए । तर, खेलको ६१ औं मिनेटमा जुलियनले गोल गर्दै डर्टमण्डलाई २१ को जित दिलाए ।

खेलको ७७ औं मिनेटमा जुलियन विगलले रातो कार्ड प्राप्त गर्दा डर्टमण्ड १० खेलाडीमा समेटिएको थियो । जितसँगै समूह एफको डर्टमण्डले ६ खेलमा १० अंक जोड्यो । र, समूहको उपविजेता बन्यो । यस समूहबाट बार्सिलोना विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।