२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल समूह विजेता, नकआउट चरणमा प्रवेश



अ+ अ-

लिभरपुल समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।मंगलबार राति भएको खेलमा लिभरपुलले रेलबुल साल्जवर्गलाई २–० गोल अन्तरले हरायो ।साविक विजेता लिभरपुललाई अघिल्लो चरण पुग्न एक अंक पर्याप्त थियो । लिभरपुलले दुवै गोल खेलको दोस्रो हाफमा गर्यो । नाबी केईटाले ५७ औ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

लगत्तै दोस्रो मिनेटमा मोहमद सलाहाले लिभरपुलका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे ।समूह विजेता बन्न लिभरपुललाई तीन अंकनै आवश्यक थियो । कारण नापोलीले बेल्जियमको क्लब जेन्कलाई ४–० ले हराएको थियो ।

समूह ईको विजेताको रुपमा लिभरपुलले १३ अंक बटुल्यो । नापोली १२ अंक सहित दोस्रो स्थानमा रहेर नकआउट चरण पुग्ने दोस्रो टिम बन्यो । साल्जवर्ग ७ र जेन्क १ अंक सहित तालिकाको पुछारमा रहे ।