२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागको अन्तिम दिनको रमिता: भित्र सांसद र कर्मचारीको घम्साघम्सी, बाहिर प्रहरीको लाठ्ठी चार्ज



अ+ अ-

काठमाडौं । साग फुटबलको स्वर्णका लागि नेपाल र भुटानबीच प्रतिस्पर्धाको समय मंगलबार दिउँसो ३ बजे तोकिएको थियो । बहुप्रतीक्षित फुटबल खेल्न खेलाडी र हेर्न फुटबलप्रेमी उत्सुक थिए । तर, यति महत्वपूर्ण अन्तर्राष्ट्रिय खेल हुनुअघि दशरथ रंगशाला सांसद र कर्मचारीलाई रमाइलोका लागि खुला गरियो । उनीहरूलाई फुटबल खेल्न आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नै व्यवस्थापन गरिदियो ।

‘फुटबलको स्वर्ण पदकअघि नै दर्शक र पाहुनाले रमाइलो खेल हेर्न पाउनुहुनेछ, यसका लागि हामीले सांसद र संसद्का कर्मचारीलाई खेलाउँदै छौँ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्यसचिव रमेश सिलवालले नै भनेका थिए । यसरी मैदानमा रमिता गर्नु अन्तर्राष्ट्रिय मान्यताविपरीत हो । खेल हुनुअघि मैदान पूर्ण रूपमा खाली हुनुपर्छ । ‘अन्तर्राष्ट्रिय मात्रै होइन, राष्ट्रिय प्रतियोगिता चलिरहँदा पनि मैदान अन्य प्रयोजनका लागि खुला गर्नु गलत हो,’ फुटबल विश्लेषक सञ्जीव मिश्र भन्छन्, ‘आयोजकले नै मैदानको संवेदनशीलता बुझेको देखिएन ।’

राखेपले सांसद–कर्मचारीलाई मैदानमा हुलेकोमा म्याच कमिस्नर मिन्डु दोर्जीले असन्तुष्टि जनाएका थिए । तर, आग्रह अस्वीकार गर्दै राखेपले खेल गराएको थियो । भित्र सांसदको रमिता चलिरहेका वेला बाहिर दर्शकमाथि प्रहरीले लाठीचार्ज सुरु भएको थियो । यो क्रम रंगशालाबाहिर साँझसम्म जारी रह्यो । आयोजकले क्षमताभन्दा बढी टिकट बिक्री र पास वितरण गर्दा खेल सकिने वेलासम्म पनि दर्शकहरू भित्र छिर्न प्रयासरत थिए ।

सांसद र कर्मचारीको खेल हेर्न उनीहरूका आफन्त पहिले नै भित्र छिरेका थिए भने हातमा टिकट भएका दर्शकलाई व्यवस्थित रूपमा भित्र छिराउनुको सट्टा उल्टै लाठीचार्ज गरिएको थियो । कालीमाटीका डिएसपी रुगम कुँवर आफैँले लाठी हातमा लिएर दर्शकलाई कुटेका थिए भने सोह्रखुट्टेका डिएसपी सन्तोषसिंह राठौर दर्शकलाई लात हान्दै थिए । प्रहरीको कुटाइबाट नागरिक दैनिकका पत्रकार सुमन चापागाईं अस्पताल भर्ना भएका छन् । नयाँ पत्रिका दैनिकबाट




भर्खरै