२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्ध अन्त्यतर्फ अमेरिका र इरानबीच कूटनीतिक पहल



अ+ अ-

काठमाडौं । संयुक्त राज्य अमेरिका, इरान र क्षेत्रीय मध्यस्थकर्ताबीच जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले सम्भावित ४५ दिने युद्धविरामका लागि गम्भीर छलफल भइरहेको जनाइएको छ ।

कूटनीतिक स्रोतहरूका अनुसार प्रस्तावित योजना दुई चरणमा अघि बढ्नेछ, जसले दीर्घकालीन शान्ति स्थापना गर्ने लक्ष्य राखेको छ । पहिलो चरणअन्तर्गत ४५ दिनको अस्थायी युद्धविराम लागू गरिनेछ, जस अवधिमा दुवै पक्षबीच विश्वास निर्माण गर्ने, तनाव घटाउने तथा स्थायी समाधानका आधार तयार पार्ने विषयमा व्यापक वार्ता सञ्चालन गरिनेछ । यस अवधिमा मानवीय सहायता प्रवाहलाई सहज बनाउने, प्रभावित क्षेत्रमा राहत पु¥याउने र थप सैन्य गतिविधि रोक्ने विषयमा पनि ध्यान दिइने अपेक्षा गरिएको छ । दोस्रो चरणमा भने पहिलो चरणका वार्ताबाट प्राप्त प्रगतिका आधारमा युद्धको पूर्ण अन्त्यका लागि अन्तिम सहमति गर्ने प्रयास गरिनेछ ।

यदि निर्धारित समयभित्र सहमति नजुटेमा वार्तालाई निरन्तरता दिन युद्धविराम अवधि थप गर्न सकिने सम्भावना पनि खुला राखिएको छ ।

साथै रणनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलडमरू लाई पूर्ण रूपमा पुनः सञ्चालन गर्ने विषय र इरानको उच्च स्तरको युरेनियम समृद्धीकरणसम्बन्धी संवेदनशील मुद्दा अन्तिम व्यापक सम्झौतामार्फत मात्र समाधान गरिने अपेक्षा गरिएको छ ।

यी विषयहरू क्षेत्रीय स्थिरता, अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले वार्तामा विशेष प्राथमिकता दिइएको छ ।

उक्त पहल सफल भएमा दीर्घकालीन द्वन्द्व अन्त्य गरी क्षेत्रीय शान्ति र स्थायित्व स्थापना गर्ने महत्वपूर्ण कदम बन्न सक्ने विश्वास गरिएको छ । —