११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको खेल हेर्न गएका समर्थकमाथि प्रहरीले वर्षाए लाठी



अ+ अ-

काठमाडौं । प्रहरीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि लाठी वर्षाएको छ । मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीचको खेल हेर्न रंगशाला पुगेका समर्थकमाथि प्रहरीले लाठी वर्षाएको हो ।

प्रहरीले समर्थकहरुलाई हटाउने नाममा लाठी वर्षाएको छ । यतिसम्म कि प्रहरीले एक जनालाई घेरा हालेर कुटेको थियो ।

कुटपिटको फोटो खिचेको भन्दै नागरिक दैनिकका पत्रकार सुमन चापागाईंलाई प्रहरीले दुर्व्यवहार गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने बल प्रयोग नगरिएको दाबी गरे । ‘टिकट पाइएन भनेर आएकालाई हट्नुस् भन्दा हटेनन् । त्यसपछि ठेलठाल गरेर हटाइएको हो । बल प्रयोग गरेको छैन’, उनले भने ।