२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टेजबाटै आफ्नो अवार्ड शारुख खानलाई डेडिकेट गर्दिए…



अ+ अ-

वलिउड एक्टर शारुख खानको दुनियाभरमा फ्यानहरु रहेका छन् । उनका फ्यानहरुले उनलाई डेडिकेट गर्दै गरेका धेरै अनौठा-अनौठा कार्यहरु पनि बेला बखतमा सामाजिक संजालम आईनै रहने गर्छन् । तर यस पटक भने शारुख खानलाई लिएर उनका एक फ्यानले निकै भिन्न किसिमको कार्य गरेका छन् । ईण्डोनेसियाका एक फ्यानले आफुले पाएको अवार्ड उनले सिधै शारुख खानलाई नै स्टेजबाटै डेडिकेट गरिदिएका छन् ।

घटना आईतबारको हो, जहाँ सिट्रा अवार्ड २०१९ मा अभिनेता मुहम्मद खानलाई लिड एक्टरको रुपमा सर्वश्रेष्ठ अभिनेतामा राख्दै सर्वश्रेष्ठ अभिनयका लागि पियाला सिट्रा पुरस्कारबाट सम्मानित गरियो । तर उनले त्सस अवार्डलाई सिधै वलिउड एक्टर शारुख खानलाई डेडिकेट गरिदिए । यती मात्रै हैन उनले हिन्दी भाषामै पनि शारुख खानका विषयमा धरै बोले र धन्यवाद ज्ञ्यापन पनि गरे ।

उनले यसबिचमा आफु सानैदेखि शारुख खानको फ्यान भएको र आफ्नो बाल्यकाल उनकै फिल्महरुलाई हेर्दै बितेको कुरालाई पनि स्मरण गरेका थिए । शारुख खानको अभिनय अरुकोभन्दा भिन्नै लाग्ने र निकै आकर्षक लाग्ने उनले बताए । उनले अभिनयमा पाएको यो सफलताको श्रेय सिर्फ शारुख खान भएको बताएका छन् । र यसबारे शारुखले पनि थाहा पाए लगत्तै उनको सफलतामा आफु निकै खुसी भएको पनि बताएका छन् ।