२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण रसियालाई विश्वकप र ओलम्पिक खेलमा प्रतिबन्ध लाग्यो



अ+ अ-

विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले रसियालाई ठुला खेल प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको छ । अर्को बर्ष हुने ओलम्पिक र सन् २०२२ मा हुने विश्वकप फुटबल खेल्न वाडाले रसियालाई प्रतिबन्ध लगाएको हो । पछिल्लो निर्णयसंगै रसियाले जापानमा हुने ओलम्पिक र पारालम्पिक तथा कतारमा हुने विश्वकप फुटबल समेत खेल्न पाउने छैन ।

तर डोपिङबाट आफुलाई निर्दोश सावित गरे खेलाडीले तटस्थ झण्डामा रहेर प्रतियोगितामा सहभागीता जनाउन सक्ने बताईएको छ। रुसी प्रधानमन्त्री दिमित्री मेदभेदले भने प्रतिबन्ध रुस बिरोधीको हिस्सा भएको बताएका छन् ।

‘यो स्पष्ट छ कि रुसमा महत्वपुर्ण डोपिङ समस्या अझ पनि बाँकी छ । मेरो मतलब हाम्रो खेल समुदायसंग हो ।’ उनले भने, ‘यसलाई अस्विकार गर्न असम्भव छ ।’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुससंग निर्णयको विरुद्व अपिल गर्ने आधार रहेको बताएका छन् ।