२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० वर्षपछि बक्सिङमा यी दुईले नेपाललाई दिलाए दुई स्वर्ण



अ+ अ-

काठमाडौं । सागअन्तर्गत बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको छ । सातदोबाटोमा सोमबार भएको खेलमा मीनु गुरुङ र भुपेन्द्र थापाले नेपालका लागि स्वर्ण पदक दिलाएका हुन् । मीनुले महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

alS;ªdf :j0f{ kbs sf7df8f}F, @# dª\l;/ M t]x|f}F blIf0f Pl;ofnL v]ns’b -;fu_ cGtu{t ;f]daf/ ;ft bf]af6f]l:yt sa8 xndf %$ s]hLsf] alS;ª k|ltof]lutfdf ldg’ u’?ªn] :j0f{ kbs lht]kl5 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

अघिल्लो संस्करणमा कांस्य पदक विजेता मिनुले फाइनल प्रतिस्पर्धामा श्रीलंकन र भारतीय खेलाडीलाई हराएकी हुन् । यसैगरी ६४ केजी तौल समूहमा भारतीय बक्सरलाई पराजित गर्दै थापाले पनि स्वर्ण पदक जितेका हुन् । उनले भारतका मनिष कौशिकलाई हराएर स्वर्ण जित्न सफल भएका हुन् ।

सन् २०१८ को कमन वेल्थ गेम्समा रजत पदक जितेका मनिषलाई हराउन पावरले पेलेरै जानुपर्ने रणनीतिमा आफू उत्रिएको उनले बताए । यसअघि नेपालले सन् १९९९ काठमाडौंमा भएको आठौँ सागमा बक्सिङतर्फ दुईवटा स्वर्ण जितेको थियो । सन् १९९९ मा नेपालका लागि प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए ।