२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच वर्ष भित्रमा द्रुतमार्ग बनिसक्ने



अ+ अ-

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) पाँच वर्षभित्र सम्पूर्ण काम सक्ने गरी समष्टिगत गुरुयोजना बनाएको छ । आयोजनाको हालसम्मको कार्य प्रगतिबारे जानकारी दिने उद्देश्यले सैनिक मुख्यालयमा सोमबार आयोजित कार्यक्रममा आयोजना प्रमुख शरदलाल श्रेष्ठले समष्टिगत गुरुयोजनामा कुनकुन काम कसरी र कुन समयमा गर्ने भनी सम्पूर्ण विवरण उल्लेख हुने बताए । द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भइसकेकाले अब योजनाबद्धरुपमा कामअघि बढाइने सेनाको भनाइ छ ।

पहिलो चौमासिकमा उल्लेखनीय प्रगति हुन नसके पनि दोस्रो चौमासिकमा कामअघि बढ्ने उनको भनाइ छ । अबको १५–२० दिनमा गुरुयोजना बनेपछि आयोजना कसरी अघि बढाइने भन्ने प्रस्ट खाका आउने बताइएको छ । उनले भने, ‘पहिलो चौमासिकमा ठेक्का आह्वान गर्ने लगायतका काम भए पनि अबको दिनमा द्रुतरूपमा काम हुनेछ ।’ काठमाडौंलाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको सो मार्गको लम्बाइ ७२ दशमलव ५ किलोमिटर हुने डिपिआरमा उल्लेख छ । त्यसमध्ये झण्डै ४० प्रतिशतमा पुल र सुरुङमार्ग हुनेछ ।

;]gfsf k|jQmf ;xfos /yL kf08] sf7df8f}F, @# dª\l;/ M e|d0f jif{ @)@), sf7df8f}F–t/fO{÷dw]z b\|’tdfu{;DaGwL lgdf{0fsf] k|ultaf/] g]kfnL ;]gfåf/f ;f]daf/ d’Vofnodf cfof]lht kqsf/ ;Dd]ng ;~rf/sdL{x?n] ;f]wsf] lh1f;fsf] hjfkm lbFb} g]kfnL ;]gfsf k|jQmf ;xfos /yL lj1fgb]j kf08] . t:jL/ M /Tg >]i7÷/f;;

आयोजनामा तीन वटा सुरुङमार्ग निर्माणमा नै सबैभन्दा बढी समय लाग्ने बताइएको छ । तीन सुरुङमध्ये सबैभन्दा लामो सुरुङको लम्बाइ तीन दशमलव पाँच किलोमिटर हुनेछ । सुरुङमार्ग निर्माणमा बढी समय लाग्ने हुँदा दुवैतर्फबाट निर्माण गर्ने गरी योजना बनाइएको आयोजना प्रमुख श्रेष्ठले बताए । सुरुङ निर्माण सम्पन्न गर्न चार वर्ष पर्याप्त समय भएको उनले बताए । उनले भने,‘१० देखि १२ वटासम्म ठेक्कामार्फत कामलाई अघि बढाइनेछ ।’ पहिले ९६ वटा पुल निर्माण हुने भनिए पनि स्वीकृत प्रतिवेदनमा ८६ पुल निर्माण हुने उल्लेख छ ।

जटिल मानिएका ठूला १६ पुलको निर्माण आगमी वर्ष पुसमा सुरु हुनेछ भने ती बाहेकका अरू पुलको निर्माण आगामी भदौमा सुरु हुने बताइएको छ । चार लेनको सडकमा समथर भू–भागमा २७ मिटर चौडाइ र अरु ठाउँमा २५ मिटर चौडाइ हुनेछ । आयोजनामा तीन वटा सुरुङको लम्बाइ ६ दशमलव ४१ किलोमिटर र पुलको लम्बाइ १० दशमलव ५९ किलोमिटर हुनेछ । प्रारम्भिक जगको काम र परामर्शदाता छनोटपछि सडक निर्माणको कामअघि बढाउनका लागि चालू आवमा पाँच वटा ठेक्का सम्झौता भइसकेको आयोजना प्रमुख श्रेष्ठले बताए ।

आयोजना निर्माणस्थलमा काट्ने र भर्ने काम (कटिङ एण्ड फिलिङ) र संरचना निर्माणको कामसमेत गत वर्षदेखि अघि बढाइएको छ । आगामी वर्ष असारसम्ममा यी काम सम्पन्न गर्ने सेनाको योजना छ । आगामी वर्षदेखि नै विभिन्न सडकमा कालोपत्रको समेत कामअघि बढाइने छ । आगामी वर्ष मंसिरमा कालोपत्र सुरु गरेर विसं २०८० असारसम्ममा सम्पन्न गर्ने सेनाको कार्ययोजना छ । आयोजनाअन्तर्गतका साना, मझौला र ठूला गरी सबै पुलको निर्माण २०८० मंसिरसम्ममा सम्पन्न हुनेछ ।

आगामी वर्षदेखि सुरु गरेर तीन सुरुङमार्ग विसं २०८० वैशाखमा सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सेनाको योजना छ । गुरुयोजनामा आयोजना कति वटा खण्डमा, कति ठेक्कामार्फत सम्पन्न गर्ने भनी उल्लेख हुने सैनिक मुख्यालयका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । उनका अनुसार अहिले परामर्शदाता छनोटको कामसमेत अघि बढाइएको छ । गत वर्ष परामर्शदाता छनोट प्रक्रियाअघि बढाइए पनि प्राविधिक त्रुटिका कारण सूचना चुहावट भएको भनी रद्द भएको थियो । उनले भने, ‘केही समयमा परामर्शदाता छनोट भएसँगै निर्माणको काम पनि दु्रतरूपमा अघि बढ्नेछ ।’ सौर्य दैनिकबाट