२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो टी–ट्वान्टीमा भारतविरुद्धको वेष्ट इण्डिजको जित



अ+ अ-

काठमाडौं । घरेलु टिम भारतविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा वेष्ट इण्डिजले जित निकालेको छ । आइतबार राति भएको खेलमा वेष्ट इण्डिजले भारतलाई ८ विकेटले पराजित गरेको हो ।भारतले दिएको १ सय ७१ रनको लक्ष्य वेस्ट इण्डिजले १८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

वेष्ट इण्डिजका लागि लेन्डल सिमोन्सले अविजित ६७ रन जोड्दा इभान लेविसले ४० रन बनाए । निकोलस पुरन ३८ रनमा अविजित रहे । भारतका वासिङ्गटन सुन्दर र रविचन्द्र जडेजाले एक एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन जोडेको थियो ।

भारतका सिभम डुबेले ५४ रन जोडे । ऋषब पन्तले अविजित ३३ रन बनाए । वेष्ट इन्डिजका केस्रिक विलियम्स र हेडेन वाल्शले दुई दुई विकेट लिए । जितसँगै वेष्ट इण्डिजले तीन खेलको सिरिजमा ११ को बराबरी गरेको छ । यस अघि भएको पहिलो खेल भारतले जितेको थियो ।