११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलपुरमा ३ बजेदेखि कर्फ्यू, घाइते छात्रालाई काठमाडौं ल्याइदै



अ+ अ-

बाँके । ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि बढेको तनावलाई मत्थर गर्न कोहलपुरमा कर्फ्यू जारी गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको हो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायका अनुसार ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।

‘सुर्खेतबाट सेनाको हेलिकप्टर आएर उनलाई काठमाडौं लैजाँदै छ,’ उपाध्यायले भने।