२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलोन डी’ओर जितपछिको पहिलो खेलमा मेसीको ह्याट्रिक, ला लिगामा ३५औं ह्याट्रिक पुरा



अ+ अ-

छैटौँ पटक बलोन डी’ओर अवार्ड जितेलगतै खेलेको खेलमा लियोनल मेसी ह्याट्रिक गर्न सफल भएका छन् । स्पेनिस लालिगा अन्तर्गत आइतबार बिहान रियल माल्लोर्काविरुद्धको खेलमा मेसीले ह्याट्रिक गरेका हुन् । यस खेलमा बार्सिलोनाले माल्लोर्कालाई ५–२ ले पराजित गर्यो ।

घरेलु मैदानमा भएको खेलमा ७औं मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । १७औं मिनेटमा मेसीले गोल गरी अग्रता दोब्बर बनाएका थिए । ३५औं मिनेटमा माल्लोर्काका अन्टे बुदिमिरले गोल गरी २–१ बनाए । ४१औं मिनेटमा मेसीले अर्का गोल गरी अग्रता पुन बढाए लगतै ४३औं मिनेटमा स्वारेजले गोल गर्दा बार्सिलोना पहिलो हाफमै ४–१ ले अघि बढ्यो ।

दोस्रो हाफको ६४औं मिनेटमा अन्टे बुदिमिरले अर्को गोल गरी माल्लोर्कालाई खेलमा फर्काउने प्रयास गरेका थिए । मेसीले ८३औं मिनेटमा तेस्रो गोल गरी ह्याट्रिक पूरा गरे । यो उनको ला लिगाको ३५औं ह्याट्रिक हो। जितपछि बार्सिलोना १५ खेलबाट ३४ अंकसहित शीर्ष स्थानमा कायम छ ।