२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशद्वारा भूटान पराजित



अ+ अ-

काठमाडौं । राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज भएको पुरुष क्रिकेट खेलमा बङ्गलादेशले भूटानलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बङ्गलादेशले भूटानलाई १० विकेटले पराजित गर्दै विजयी भयो । यस जीतसँगै बङ्गलादेशले शीर्ष ४ अङ्क जोडेको छ ।

भूटानले दिएको ७० रनको लक्ष्य बङ्गलादेशले ६ दशमलव ५ ओभरमा कुनै पनि विकेट नगुमाई भेट्टायो । बङ्गलादेशको जीतमा सौम्य सरकारले अविजित ५० तथा मोहम्मद नइमले १६ रनको योगदान दिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको भूटानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६९ रन जोडेको थियो । उसका लागि तेन्जिङ वान्चुकले सर्वाधिक १५ रन जोडे भने जिग्मे सिङ्गेले १३ तथा जिग्मे दोर्जीले १२ रन बनाएका थिए । त्यसबाहेक भूटानका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङतर्फ बङ्गलादेशका मनिक खानले २ विकेट लिए ।