२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

हंस सहकारीको प्राङ्गारिक बजार



अ+ अ-

चितवन । नारायणगढमा रहेको हंस बहुद्देश्यीय सहकारी संस्थाले प्राङ्गारिक उत्पादन र बजारीकरण शुरु गरेको छ । कृषि उत्पादनमा विषादीको बढी प्रयोगका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको भन्दै आफ्ना सदस्य र सर्वसाधारणलाई प्राङ्गारिक उत्पादन बिक्री गर्ने उद्देश्यले सहकारीले यो काम शुरु गरेको जनाएको छ ।

संस्थाका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार नारायणगढ बजारमा मासिक रु १० हजार भाडा तिर्ने गरी दुई वटा सटरमा हंस प्राङ्गारिक बजार शुरु गरिएको छ । यसअघि नै संस्थाले हंस कृषि अनुसन्धान तथा उत्पादन केन्द्रमार्फत प्राङ्गारिक उत्पादन गर्दै आएको थियो । बजार भने यसै साताबाट सञ्चालनमा आएको हो ।

बजारमा मनाङ, मुस्ताङ र जुम्लामा उत्पादित आलु, अदुवा, किबी, स्याउ, मार्सी चामल, कालो सिमीको दाल, ओखर जस्ता कृषि उत्पादन बिक्रीका लागि राखिएको छ । यसैगरी चितवनको तल्लो काउले क्षेत्रमा उत्पादन भएका भुइँ स्याउ, सुन्तला, मौसम, साग, फर्सी, स्कुस, केराउ र मकै जस्ता उत्पादन पनि बजारमा रहेको चुकेले जानकारी दिनुभयो ।

सो बजारमा इलामको चिया, तिल, अकबरे अचार, टिमुर र अलैँची जस्ता उत्पादन पनि बिक्रीका लागि राखिएको छ । सहकारीको आफ्नै उत्पादन आएपछि ती उत्पादन र देशैभरमा भएका प्राङ्गारिक उत्पादनलाई सर्वसाधारणसम्म पु¥याउने लक्ष्य रहेको चुकेको भनाइ छ । सहकारीको उत्पादन केन्द्रमा भर्खरै मात्र दुई बिघा १० का जमिनमा लगाइएको धान काटेर तरकारी लगाउने तयारी गरिएको छ । थप करीब पाँच बिघा जमीनमा प्राङ्गारिक तरकारी लगाइने तयारी गरिएको जनाइएको छ ।

विसं २०५६ मा स्थापना भएको सो सहकारीमा हाल तीन हजार ४०० सदस्य रहेका छन् । शेयर पूँजी मात्र रु नौ करोड ५० लाख रहेको सहकारीको हालसम्मको निक्षेप रु ४८ करोड र लगानी रु ५४ करोड रहेको उहाँले जानकारी दिनुभयो ।




भर्खरै