२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

एथलेटिक्समा तेस्रो दिन श्रीलंकालाई चार स्वर्ण, नेपाल भने पदक विहिन



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत एथ्लेटिक्सको तेस्रो दिन बिहिबार श्रीलंकाले ४ स्वर्ण जित्दा नेपाल पदक विहिन बन्यो । श्रीलकाले महिला ४ सय मिटर पुरुष ४ सय मिटर, महिला ट्रिपल जम्प र महिला १ सय मिटर हर्डल्समा स्वर्ण जितेको हो । पहिलो दुई दिन दबदबा कायम गरेको भारतले १ र पाकिस्तानले १ स्वर्ण जिते । पुरुष १ सय १० मिटर हर्डल्समा नेपालका जीवन चौधरीले निर्धारित दूरी १५.६० सकेन्डमा पार गर्दै राष्ट्रिय कीर्तिमान बनाउनु र महिला १ सय मिटर हर्डल्समा नेपालकी प्रमिला थारुले निर्धारित दूरी १५.६० सकेडमा पार गर्दै राष्ट्रिय कीर्तिमान बनाउनु नेपालका लागि तेस्रो दिनको उपलब्धी रह्यो ।

दिनको पहिलो स्पर्धाे पुरुष १ सय १० मिटर हर्डल्समा पाकिस्तानका मोहम्मदनाइमले निर्धारित दूरी १४.३० सकेन्डमा पूरा गर्दैै स्वर्ण हातपार्दा भारतका सुरेन्दर हायकले १४.३७ सेकेन्डमा रन पूरा गर्दै रजत र श्रीलंकाका रोशन धानमिकाले १४.३७ सेकेण्डमा रन पूरा गर्दै कास्य जिते । सोही विधामा नेपालका चन्द्रदेव जोशीले दौड पूरा गर्न १६.३९ सकेण्ड खर्चिए । महिला १ सय मिटर हर्डल्समा श्रीलंकाकी लक्सिका सुगन्धले स्वर्ण जित्दा भारतकी अर्पणा रोयले रजत र श्रीलंकाकी इरिसानी साचिपले कास्य जितिन् । सुगन्धले निर्धारित दुरी पूरा गर्न १३.६८ सकेण्ड खर्चदा रोय र साचिपले क्रमशः १४.१३ र १४.१८ सेकेण्डमा रन पूरा गरे ।

महिला र पुरुष ४ सय मिटरमा पनि श्रीलंकाको दबदबा कायम रह्यो । ४ सय मिटर महिलामा श्रीलंकाकी दिनसेनी माहिसाले स्र्ण जित्दा ४ सय मिटर पुरुषमा श्रीलंकाकै अरुणा दर्शणाले स्वर्ण जिते । महिलातर्फ स्वर्ण जित्ने क्रमाम महिसाले सो दुरी पार गर्न ५३.४० सकेण्ड खर्चदा सो विधामा रजत र कास्य पदक जितेकी भारतकी प्रिया हब्बाथान र पाकिस्तानकी साबिह इ अर्साले निर्धारित दुरी क्रमशः ५४.३१ र ५४.५८ सकेण्डमा रन पूरा गरिन ।

पुरुषतर्फ दर्शणाले निर्धारित दुरी ४६.६९ सकेण्डमा पूरा गर्दा रजत जितेका श्रीलंकाकै लक्मल प्रियानाथले ४६.७९ र कास्य विजेता जेदवनकारेकोपले ४७.४२ सकेण्डमा दौर पूरा गरे । त्यस्तै बिहिबारै भएको महिला ट्रिपल जम्पमा पनि श्रीलंकाकी हासिनी प्रादोभले १३.२१ मिटरको जम्पका साथ स्वर्ण र श्रीलंकाकी विधुसा लक्षणले १३.१४ मिटर जम्प गर्दै रजत र भारतकी वैरभी रोयले १२.७७ मिटर जम्पगर्दै कास्य पदक जितिन् । छैठौ स्थानमा बसेकी नेपालकी सिलाचौधरीले ११.०६ मिटर जम्प गरिन् ।

यता पुरुष ट्रिपल जम्पमा भारतका रार्थिक युनिक्रीले १६.४७ मिटरको जम्पका साथ स्वर्ण र भारतकै मोहम्मद सालाहुले १६.१६ मिटर जम्पगर्दै रजत जिते । श्रीलंकाका साफरिन अहमदले १५.९५ मिटर जम्पका साथ कास्य जिते । नेपालका भुवन महतोले १३.५३ को जम्पका साथ अन्तिम स्थानमा रहे ।