२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

खलपात्रको लुक्समा अर्पण थापाले मारे ‘चपली हाइट ३’ मा ईन्ट्री



अ+ अ-

काठमाडौं । यतीबेला चलचित्र ‘चपली हाइट ३’ को धमाधम छायांकन भइरहेको छ । चलचित्र ‘चपली हाइट को सक्विेन्समा बनेको यो तेस्रो सिक्वेन्स थ्रिलर कथामा बनाईएको छ । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठीलगायत कलाकारको अभिनय रहेको छ । निकेश खड्काले निर्देशन गरेको यो चलचित्रमा अभिनेता अर्पण थापाको इन्ट्री गराईएको छ ।

निर्माता अर्जुन कुमारले निर्माण गरेको यस चलचित्रको तेस्रो सिक्वेन्समा अभिनेता अर्पण थापाको इन्ट्री गराईने भएको हो । चलचित्रमा अभिनेता अर्पणको लुक्स सार्वजनिक गरेसंगै उनको लुक्सलाई हेर्दा उनलाई दर्शकहरुले खलपात्रको भूमिकामा देखिन लागेको अनुमान गर्न सकिन्छ ।

२८ चैतबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा अभिनेता अर्पणको प्रवेशसँगै टिम झनै बलियो बनेको छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको यस चलचित्रले समाजका समसामयिक घटनालाई उधिनेको छ ।